मोर्चालाई भारतले भन्यो, अब चुनावमा जाऊ
प्रकासित मिति : २०७४ बैशाख २, शनिबार
प्रकासित समय : ०७:३५
काठमाडौं । सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको जानकारी प्राप्त भएको छ ।
सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ ।
शुक्रबार नयाँ बर्षको शुभकामना दिदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।