राष्ट्रपति निवास कानुन विपरीत निर्माण भएको खुलासा

काठमाडौं । संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण भएको खुलासा भएको छ। राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवासकानुन विपरीत निर्माण भएको खुलेको छ ।

भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो।

साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ ।

नियम अनुसार राष्ट्रपति निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो। तर, राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिइ कन्सल्टेन्सीमार्फत डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको स्रोतले बतायो।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ–