प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको प्रतिबद्धता रक्सी पिउन छोड्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले रक्सी पिउन छोड्ने प्रतिबद्धता जनाएका छन् ।

हिजो नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको म स्वस्थ्य मेरो देश स्वस्थ्य पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन मेरो बर्ष नामक एप्स समेत सार्वजनिक गरेको छ । यो समाचार
आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।