नेतामूखि रुपमा चलेको महासंघलाई नीतिमूखि बनाउछुः रामकृष्ण अधिकारी–प्रेस सेन्टर (भिडियोसहित)

भन्छन–‘पत्रकारको नाममा रहेका धन्दावालहरुलाई रोकेर मात्र सुढृणिकरण सम्भव छ’

पत्रकार महासंघ काठमाडौं शाखामा नयाँ सदस्यता छनोट लगाएत विविध विषयमा कुरा नमिलेपछि लामो समयदेखि विभिन्न पत्रकार संबद्ध संगठनहरुको नामबाट लागेको ताला खुल्यो र महासंघले योग्यता क्रममा परेका केही पत्रकारहरुलाई सदस्यताको लागि केन्द्रमा सिफारिस गरेको छ । अहिले खासगरी अलि ठूला भनिएका पत्रकार संगठनहरुले वैशाखमा हुने भनिएको महाधिवेशनमा आ आफ्नो तर्फबाट अध्यक्ष सहितका मुख्य पदमा आफ्नो प्रचार गर्न सुरु गरेका छन । हरपल नेपाल डटकमले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका पत्रकार नेताहरुसँग छुट्टाछुट्टै वहस कार्यक्रम गरिरहेको छ । यसै क्रममा विहीबार प्रेस सेन्टरबाट काठमाडौं शाखा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका रामकृष्ण अधिकारीसँग तपाईको उम्मेदवारी किन ? एजेण्डा के छन भनेर सोधेका छौ । अधिकारी काठमाडौं शाखाका सचिव समेत हुन । प्रस्तुत छ उनीसँको कुराकानी….

हरपल नेपाल डटकमसँगको कुराकानीमा काठमाडौं शाखाका सचिव तथा अध्यक्ष पदका उम्मेदवार रामकृष्ण अधिकारी

१) पत्रकार महासंघ काठमाडौंमा अध्यक्ष पदमा तपाईको उमेदारी किन ?

मूलत नेपाल पत्रकार महासंघ काठमाडौै शाखा देशको सबै भन्दा ठूलो शाखाको रुपमा देखिराखेको छ । जहाँ अहिले नयाँ सदस्यता ४ सय १६ जनालाई सिफारिस गरेर पठाएका छौ । यहाँ पुराना सदस्य ९ सय ९५ जना र विभिन्न सबैलाई मिलाएर एक हजार ६४ जना सदस्य छन । यसरी हेर्दा अहिले साढे तेह्र सय जति पत्रकारहरु महासंघ काठमाडौं शाखामा रहेका छन । यसमा तीन थरीका पत्रकारहरु संलग्न छन । पहिलो एक थरीका पत्रकारहरु सानो लगानीमा मिडिया चालाएर बसेका, स्वरोजगार मूलक पत्रकारहरु रहेका छन । जो आफै मालिक,आफै पत्रकार र हकरदेखि मार्केटिङको भूमिका निर्वाह गर्दछन । यस्ता खालका पत्रकारहरु काठमाडौं शाखामा अलि बढिनै आबद्ध छन । त्यसपछि ठूला मिडियाका पत्रकारहरु पनि यो शाखामा छन । र अनलाइन मिडियामा काम गर्ने साथीहरु पनि छन । यी तीन वटा सेक्टरबाट आएका साथीहरुको लागि काठमाडौं शाखाले सबैको प्रतिनीधित्व गर्न सकिराखेको छ कि छैन ? पहिलो वहस यहाँबाट गर्नुपर्छ ।

काठमाडौं शाखामा त्यस्तो वहस आजसम्म सुरु गर्न सकेनौ । हामी पत्रकार महासंघको सदस्य भइरहदा खेरी छाती फुलाएर गर्भका साथ म पत्रकार महासंघ काठमाडौंको सदस्य हुँ भन्ने वातावरण बनाउनु सक्नु पर्छ । इजत्दार महासंघ बनाउनु पर्छ । जसले लामो समयसम्म पत्रकारीता गरिरहेको हुन्छ, जसले पत्रकारीतालाई आफ्नो भविष्य सोचेको हुन्छ, त्यसैमा हुर्केको बढेको छ । पछिल्लो समयलाई त्यसैमा व्यवस्थित गर्न खाजेको छ, त्यसता व्यक्ति अघि बढ्नु पर्दछ भन्ने मलाई लाग्दछ । महासंघभित्र शुद्धीकरणका कुराहरु पनि आवश्यक छन । त्यसमा अलि राजनीतिक हस्तक्षेप बढेकाले समस्या बढेका छन, तसर्थ महासंघलाई राजनीति मुक्त बनाउनु पर्छ भन्ने सोचका साथ मैले अध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारी गरेको छु ।

२) यस पटक काठमाडौं शाखामा सदस्यता सिफारीसमै लामो समय लागयो, केही विवादको स्थितीपनि देखियो, अन्त्यमा राजनीति भागबन्डा गरेर मिलेको हो ?

नयाँ सदस्याताको विषयमा काठमाडौं शाखामा विभिन्न विवादहरु भएको सार्वजानिक तथ्य हो । त्यसमा पत्रकार महासंघ, हामी कार्यसमिति बसेर मापदण्ड बनार टुङ्ग्याएका हौ । मापदण्डमा हामीले कुन खालको पत्रिकाका कति जनासम्मलाई सदस्यता दिने, शैक्षिक योग्यता, सूचना विभागको कार्ड लाई पनि आधार बनाएका थियौ । तर काठमाडौं शाखामा राजनीतिक भागबन्डा भएको छैन । म त्यसैको लागि लामो समयसम्म लड्दै आएको छु ।

३) तपाईले काठमाडौं शाखाको सचिव भएर आफ्नो एक कार्यकाल पुरा गर्नुभएको छ, अहिले उपाध्यक्ष नभएर अध्यक्षमा दाबी गर्नुभएको छ, यो पनि त राजनीतिक प्रभावको कारण हो कि ?

पहिलो कुरा म पत्रकारीताको विद्यार्थी हुँ । मैले पत्रकारीतामा डिग्री गरेको छु । म विगत दश, बाह्र बर्षदेखि पत्रकारीताकै काम गरेर बाँचेको छु । म एकै पटक सचिव भएको होइन, सुरुमा पत्रिका प्याकिङ गर्नेदेखि हकर हुदैँ महासंघको सदस्य भएर यहाँसम्म आएको हुँ । सचिवमा उम्मेदवार हुदाँ मैले अत्याधिक मतले जितेको थिए र केही महत्वपूर्ण काम पनि महासंघको सचिव हुदाँ मेरै नेतृत्वमा भएका छन ।

दास्रो कुरा जस्तो काठमाडौँ शाखाले १२ बर्षदेखि भाँडा नतिरेर दश लाख पुगेकोछ । पछिल्लो चरणमा मेरो नेतृत्वमा २ महिनाको भाँडा तिरेका छौँ । हामी अरुका बारेमा कुरा गर्न सक्ने तर आफुले नेतृत्व गरेको काठमाडौँ जिल्ला शाखा कार्यालयको भाँडा नतिर्ने ? किन हामी यस्तो समस्यामा छौ, यसरी कहिलेसम्म चल्छ ?  तसर्थ त्यो विषयमा पनि मैले पहल गरेकोछु । यि तमाम समस्याहरुको हल गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो । त्यो जिम्मेवारी वहन गर्न सक्छु भनेर नै म अघि बढेको हुँ । मलाई काठमाडौं महासंघका अधिकाशं पत्रकार साथीहरुको साथ,सहयोग र समर्थन रहेको छ ।

४) भनेपछि अंकगणितको हिसाब गरेर तपाईले अध्यक्षमा उम्मेदवारी दिने सोच बनाउनु भएको हो ?

हो त्यो पनि हो । सँगसँगै कारोवारको हिसावमा पनि हामीले भूकम्पका बेला ठूलो भूमिका निर्वाह गरेका थियौ ।आम पत्रकारहरुले नाकाबन्दीका बेला समेत सुविधा पाए । काठमाडौँ शाखामा पहिलो कार्य समितिको बैठकमा म आफैले एउटा नीति बनाएर त्यसमा लागेको हुँ । त्यसमा लागेर हरेक हप्तामा नीतिगत कार्यक्रमहरु गरिरहेको थिए ।मलाई साथीहरुले साथ, समर्थन गरेका छन, मैले सचिब भएर जे जति राम्रो काम गरे त्यसैको आधारमा उहाँहरुले अध्यक्ष बनाउनुहुन्छ भन्नेमा पूर्ण विश्वास गरेको छु ।

५) उमेरका हिसाबले तपाई कम उमेरको हुनुहुन्छ, तपाईलाई बषैदेखि पत्रकारीता गरेर कपाल फुलाएका पत्रकारहरुले पत्याउलान, भोट देलान त ?

उमेर ठूलो कुरा होइन । मुख्य कुरा त्यो मान्छेले गर्ने काम  हो । त्यसले काम गर्न सक्छ कि सक्दैन त्यो हेरेर भोट दिने हो ।मलाई काठमाडौ बसेर आफ्नो करिअर बनाउन महासंघको अध्यक्ष बन्नु छैन, त्यहाँ जित्ने भनेको १३५० जना सदस्यहरुको  लागि हो मेरो आफ्नो व्यक्तिगत लाइफको लागि होइन । त्यसो हुदाखेरी उमेर ठूलो कुरा होइन, मुल कुरा भनेको काम गर्न सक्छ कि सक्दैन भन्ने नै हो ।

६) त्यसो भए चुनाव जीत्ने विश्वासमा हुनुहुन्छ, आधार के देख्नु भएको छ ?

आज सम्मको अवस्थालाई हेर्दा म शत प्रतिशत जित्छु भन्ने लागेको छ । किनभने रामकृष्ण पत्रकारीतामै भविष्य देख्ने मानिस हो । मैले ब्यवसायिक पत्रकारीतामा जोड दिएको छु ।मलाइ पत्रकार महासंघ राजनीतिक हस्तक्षेपबाट पूर्ण रुपमा मुक्त हुनुपर्छ भन्ने लाग्दछ र त्यो सम्भव पनि छ ।हामीले पत्रकार महासंघको विधानलाई लागु गरेर अगाडि बढ्न सकेमा मात्रै पनि राजनीतिक प्रभावबाट त्यसलाई टाढा राख्न सकिन्छ ।मैले नेतामूखि होइन नीतिमूखि महासंघ बनाउनुपर्छ भन्नेमा जोड दिदै आएको छु । मैले उठाएका यि सबै विषयहरु आम पत्रकारहरुको पक्षमा छन, साथीभाईको साथ, समर्थन रहेको छ तसर्थ जित सुनिश्चीत रहेको छ ।

७) काठमाडौं शाखाले लामो समयदेखिको हिसाब किताब पनि सार्वजनिक गरेको छैन भन्ने सुनिन्छ, किन त्यसो गरिएको होला ?

हाम्रो तीन बर्षे अवधिमा भएका सबै आर्थिक गतिबिधिको हिसाब किताब सार्वजनिक गरेका छौ ।तर मेरो कार्यकालको समिति भन्दा पहिलेको हिसाब नभएको हुन सक्छ ।काठमाडौं शाखाको आम्दानीको श्रोत भनेको सदस्यता नविकरण दस्तुर मात्र अहिले सम्म देखिएको छ ।हामीले नविकरण शुल्क भनेर ६ सय रुपैया लिने गरेका छौ त्यसमा ४ सय पचहत्तर रुपैया केन्द्रमा पठाउछौ । त्यसबाट बचेको एक सय पच्चीस रुपैया मात्र शाखाले राख्छ, हामीसँग हजार बढि सदस्यहरु रहेका छन । तर महासंघका अरु विविध विषयमा भने समस्याहरु नै छन ।हामीले पत्रकारहरुको लिस्ट समेत ब्यवस्थीत गरेर राख्न सकेका छैनौ । पत्रकारहरुको क्षमता अभिवृद्धी गर्ने तालिम, गोष्ठीको आयोजना गर्न नसकेको अवस्था छ ।अब ति सबै समस्याहरुलाई चिरेर यस शाखालाई समुन्नत बनाउने जिम्मेवारी वहन गर्नका लागि नै मैले अध्यक्षमा उम्मेदवारी दिएको हो ।

८) यो समस्यै समस्याहरुले झेलिएको महासंघलाई तपाईले नेतृत्वपाएपछि सुढृण र समुन्नत बनाउन सक्नुहुन्छत ? त्यसकालागि तपाईका एजेन्डा के छन ?

पहिलो कुरा मेरो नेतृत्वमा महासंघले पूर्णता पायो भने काठमाडौं शाखालाई नेतामूखि होइन, नीतिमूखि पत्रकार महासंघ बनाउछु । दोश्रो कुरा सदस्यता अध्यावधिक गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्छु ।तेश्रो महासंघको नेतृत्वमा सुचना केन्द्रको विकास गर्ने र महासंघको वेभसाइड बनाएर समाचार, सूचनालाई सम्प्रेषण गर्ने काममा ध्यान दिनेछु ।चौथो कुरा महासंघको आम्दानीका श्रोतहरु बढाउने विषयमा केही योजनाहरु बनाएर त्यसलाई कार्यान्वयन गर्छु ।त्यसैगरी पत्रकारहरुको लागि क्षमता अभिबृद्धीमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, श्रमजिबी पत्रकारहरुको हक, अधिकारको विषयमा पहल गर्ने, समानुपातिक विज्ञापन प्रणालि लागु गराउने, लोककल्याणकारी विज्ञापनको लागु गराउने, साना लगानीमा सञ्चालित सञ्चारमाध्यमहरुको लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने लगाएतका एजेण्डाहरु मैले बनाएको छु ।यि सबै गर्न सकिने कुराहरु नै रहेका छन।

९) तपाईले सुनाएका जस्ता सुन्दा आकर्षक लाग्ने एजेन्डाहरु त बिगतमा पनि सुनिय तर कार्यान्वयन तहमा धेरै विषयहरुको उठान समेत भएको देखिन्न, त्यो समस्या तपाईमा आउँदैन भन्ने आधार के छ ?

पत्रकार र पत्रकारका नेताहरु पनि फरक सोच र चिन्तन भएका हुन सक्छन ।साँच्चै पत्रकारीनै आफ्नो जीवनको मुख्य पेशा बनाएर त्यसैबाट बाँच्छु भनेर यो क्षेत्रमा लागेको मानिस हुँ म । म मर्ने बेलासम्म पत्रकारीता नै गर्छु ।तसर्थ आफ्नो पेशागत संगठनको हक, हितमा मेरो ध्यान केन्द्रीत हुन्छ ।अहिले पनि महासंघमा पत्रकार भएका तर आफ्नो छुट्टै पेशा, ब्यवसाय भएका धन्दावाल साथीहरु बढि भएकाले पनि त्यस्तो भएको हुन सक्दछ।त्यलाई सुधार्न कै लागि अध्यक्षमा मेरो दाबेदारी हो ।

१०) तपाईले भनेको जस्तो धन्दावालको अखडा जस्तो बन्न पुगेको महासंघलाई सुधार्न सकिन्छ ? तपाईको नेतृत्व त्यसमा सफल हुन्छ त ?

पहिलो कुरा पत्रकार आचार संहिताको कडार्इकासाथ कार्यान्वयन गर्न सकेको खण्डमा त्यसलाई सुधार्न सम्भव छ ।त्यसका साथै पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभाग जस्ता सबै निकायहरुले एक आपसमा समन्वयन गरेर अगाडि बढ्नपर्छ, त्यसरी पहल गर्दा पक्कै पनि सुधार गर्न सकिन्छ । हामीले तेरो मेरो भनेर आपसमा बिवाद गर्ने विषय यो होइन, महासंघको नेतृत्व गर्नेले कालोलाई कालो र सेतोलाई सेतो भनेर प्रष्ट रुपमा भन्न सक्ने साहस गर्नुपर्दछ ।म त्यो हिम्मत गर्छु र पत्रकारको नाममा रहेका धन्दावालहरु र गैरपत्रकारहरुको पहिचान गरेर सुद्धीकरणको अभियान नै चलाउछु । त्यो गर्न सकिन्छ ।

११) तपाईका प्रतिश्प्रधामा देखिएका साथीहरु पनि छन, महासंघलाई चाहिएको क्षमता भएका मानिसहरु प्रतिश्प्रधामा आएका छन त ?

जुन साथीहरु चुनावी प्रतिश्प्रधामा आउनु भएकोछ, उहाँहरु पनि महासघंलाई हाक्न सक्ने क्षमता भएका साथीहरु नै हुनुहुन्छ । तर पत्रकार महासंघमा बसेर, यहाँका समस्या के के छन, त्यसको के कति कारणले यो कार्यकालमा समाधान गर्न सकिएन र अब कसरी समाधान गर्न सम्भव छ भन्ने प्रष्ट भिजन बनाउनको लागि त्यो अनुभव गरेको मानिससँग नै बढि हुन्छ, तसर्थ यो विषयले पनि निर्वाचनमा प्रभाव पार्छ । अर्को कुरा स्वच्छ प्रतिश्प्रधा गरौं, प्रतिश्प्रधिहरु मध्येबाट नामी, योग्य र सबैभन्दा योग्य अनि महासंघको नेतृत्व गर्नसक्ने भिजन बोकेको उम्मेदवारलाई नेतृत्वमा ल्यायौभने त्यही नै हाम्रो शाखाको लागि खुशीको कुरा हुन्छ ।

LOADING...