एकिकृत मुसहर बस्ती हस्तान्तरण

बस्तीमा घरदेखि बगैँचासम्म बनाए

बर्दिबास । हाँस्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्मित एकिकृत मुसहर नमूना बस्ती आज हस्तान्तरण गरिएको छ ।

आज उक्त बस्तीलाई हाँस्यकलाकार महजोडीका मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र मुख्य सचिव डा. सोमलाल सुवेदीले हस्तान्तरण गरेका हुन् ।

परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध उभिएका छन्, बस्तीका ५२ वटा घर । उस्तै बान्की, उस्तै रंग । प्रत्येक घरसँगै जोडिएको धारा, शौचालय, सानो बगैंचा, बार्दली । दाँयाबाँया छाडेर लमतन्न परेको बाटो । बाल उद्यन, मन्दिर, चौतारो, सामुदायिक भवन ।