हरपल नेपाल डटकमद्धारा आजदेखि (लाईभ) भिडियो समाचार सुरु

‘सबैलाई नयाँ बर्षको शुभकामना प्रदान’

काठमाडौं । दृष्टि मिडिया नेटवर्कद्धारा सञ्चालीत हरपल नेपाल डटकमले नयाँ बर्षको पहिलो दिन अर्थात आजबाट (लाईभ) भिडियो समाचार दिने भएको छ ।

पाठकहरुको भावना र मागलाई मध्य नजर गर्दै हरपल नेपाल डटकमले नयाँ बर्ष २०७४ सालको पहिलो दिन आज (वैशाख १ गते) बाट हरेक दिन सहजै सुन्न र हेर्न मिल्ने गरि समाचार लाईभ सम्प्रेषण गर्ने भएको हो ।

हरपल नेपाल डटकमका सम्पादक लोकराज जैसीले भने–‘विज्ञान र प्रविधिको विकाससँगै सहि सूचना, विश्वसनिय र सन्तुलित समाचार सम्प्रेषणसमा महत्वपूर्ण भूमिका खेल्दै आएको अनलाईन (सञ्चारमाध्यम) पत्रिका प्रति पछिल्लो चरणमा आम नागरिकको प्रभाव बढेपनि त्यसको विकासमा भने खासै ध्यान पुग्न सकेको छैन । पछिल्लो समयमा पाठकहरुबाट त्यस्तो माग गरेपछि हामीले पहिलो पटक भिडियो लाईभ समाचार सम्प्रेषण सुरु गरेका हौ ।’

हरलप नेपालले हरेक दिन बिहान ९ बजे www.harpalnepal.com login गरेर आफ्नो वेभ साइट मार्फत सहज रुपमा समाचार हेर्न र सुन्न सकिने बताएको छ ।

नयाँ बर्षको अवसर पारेर आफ्ना सम्पूर्ण पाठकहरु समक्ष उक्त सेवा पुर्याउन लागेको जनाउदै हरपल नेपाल डटकमले आम पाठक, लेखक, पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, विज्ञापनदाता, सुभेच्छुक एवं सम्पूर्णलाई नयाँ बर्ष २०७४ को शुभकामना समेत ब्यक्त गरेको छ ।

LOADING...