कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र विकसित दर्शन होः प्रधानमन्त्री

सबै कम्युनिस्टलाई एकताबद्ध बनाउँने दावी

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गरेका छन ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताए ।

मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उहाँले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिए। रासस