बाग्लुङबाट विप्लवका जिल्ला सेक्रेटरी सहित चार नेता पक्राउ

तुरुन्त रिहाइ गर्न माग

बाग्लुङ । स्थानीय निकायको निर्वाचनको विपक्षमा रहेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका सेक्रेटरी सहित चार जना जिल्ला तेनाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाले देशैभरी निर्वाचनको बहिष्कारमा राष्ट्रिय प्रतिकार तथा जागरण अभियान चलाइरहेको सन्दर्भमा आज बाग्लुङ जिल्लाबाट उनीहरुलाई प्रहरीले प्रक्राउ  गरेको हो ।

प्रहरीले बिना कारण आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेकपाका बाग्लुङ इनचार्ज विकिरणले उक्त घटना प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै गिरफ्तार नेताहरुको तत्काल रिहाइको माग गरेका छन ।

उनले राज्यले आफ्ना नेताहरुमाथि अनावश्यक निगरानी राख्ने, पक्राउ गर्ने राज्यको नीतिले जनतालाई सघर्षमा जान बाध्य पारेको भन्दै आक्रोश ब्यक्त गरेका छन ।

प्रहरीले भने निर्वाचनको बहिष्कारको अभियान चलाएको र अन्य विषय पनि शंकासपद भएकाले अनुसन्धानको लागि पक्राउ गररेको बताएको छ । प्रहरीले नेपाल कम्यूनिष्ट पाटी बाग्लुङका जिल्ला सेक्रेटरी छम सेन जिल्ला सदस्यहरु बाबुराम आचार्य, डिल बाहादुर कुमाल र सुमित घर्ती मगरलाई पक्राउ गरेको बताइएको छ ।

नेकपाका अनुसार उनीहरुलाई राष्ट्रिय जागरण तथा प्रतिरोध कार्यक्रम अन्तर्गत बाग्लुङ्गमा सामना परिवारले सास्कृतिक कार्यक्रमकोको तयारी गरिरहेको बेला अचानक पक्राउ गरेको जनाएको छ ।