आसन्न भारत भ्रमणका बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति भण्डारीको वैशाख ४ गते भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आसन्न भारत भ्रमणका सन्दर्भमा भेटवार्ता भएको छ ।

उक्त भेटमा भण्डारीले नेपाल भारत बीचको समुधुर सम्बन्ध कायम राख्नका लागी वैशाख ४ गते आफ्नो भारत भ्रमण तय भएको बताएकी छन ।

उक्त भेटमा राष्ट्रपतिको भ्रमण र त्यो सँग जोडिएको राष्ट्रियताको विषयमा पयिन कुराकानी भएको छ ।

भेटका क्रममा राष्ट्रपतिको भारत भ्रमणको तालिका र महत्वपूर्ण भेटघाटको विषयमा समेत प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए ।