राजसंस्था हाम्रै पालामा भन्दै जब राजावादीहरु राजधानी सरसफाईमा निस्कीए

स्थानीय निकायको चुनाव हुन नसक्ने अध्यक्ष खड्काको ठोकुवा

काठमाडौं । लामो समयदेखि राज संस्थाको पुर्नवाहलीको माग गर्दे आएको शाही युवा शक्ति नेपालले आज राजधानीको बालाजु, माछापोखरी, बसपार्क, गोगंबु, सामाखुशी र केही मठ मन्दीर लगाएतका क्षेत्रमा जम्मा भएको फोहर हटाएउने काम गरेको छ ।

यो बर्षको अन्तिम दिन अर्थात बिदाई र नयाँ बर्ष २०७४ को स्वागतको पुर्व सन्ध्यामा शाही युवा शक्तिले रचनात्मक काम गरेर नयाँ बर्षमा शुभकामना आदन प्रदान गरेको हो ।

तस्विरः राजधानीमा सरसफाई गर्दै शाही युवा शक्ति

देशका चोक,चोक र सडक पटीदेखि सरकारी निकायसम्म भष्टाचार लगाएतको फोहर जम्मा भएको र त्यसको पनि नयाँ बर्षसँगै सफाई गर्नुपर्ने प्रति उनीहरुले संकेत गरे ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेपालमा राज संस्थको विकल्प नभएको तर्क गर्दै गणतन्त्रको नाराले देशलाई विभिन्न प्रकारले फोहरको डङ्गुर बनाएको आरोप लगाए ।

उनले राज संस्थाको पक्षधरहरुले जहिले पनि देशका सबै खाले फोहोर सफा गरेको बताउँदै गणतन्त्रपछि जम्मा भएको राजनीतिक फोहर पनि छिट्टै सफा हुने र राजसंसथाको पुर्न वाहली हुने बताए।

कार्यक्रम सहिएपछि हरपल नेपाल डटकमसँग फोन संवाद गर्दै अध्यक्ष खड्काले भने–‘सरकारले राज सस्थालाई नजोडेर निर्वाचन गर्ने भनिरहेको सुनिन्छ, तर हामीले त्यो सम्भव देखिराखेका छैनौ । हामी राजसंस्था बिचा यहाँ कुनैपनि निर्वाचन हुन दिदैनौ,त्यो सम्भव छैन । राजसस्थाको विकल्प छैन, बल प्रयोग गरेर निर्वाचन गराएमा जनताले त्यसको सडकबाट संघंर्ष गर्छन ।’

अध्यक्ष खडकाले नयाँ बर्षसँगै नेपालमा राजसंस्था पुर्नवाहली हुने खालको वातावरण बन्दै गएको भन्दै राजावादीहरुले एक भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

शाही युवा शक्ति नेपालले आयोजना गरेको नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रममा विभिन्न समुहमा करिब एक सय जतिको सहभागिता रहेको आयोजकले बताएको छ ।

सरसफाई कार्यक्रममा राजावादी युवाहरु राजसंस्था हाम्रै पालामा भन्ने नारा सहितको ब्यानर बोकेर सहभागि भएपछि छेउछाउका मानिसहरु उनीहरुलाई हेरेर अचम्ममा परेका थिए । उनीहरुले आज बिहान सात बजेदेखि १२ बजेसम्म विभिन्न स्थानमा पुगेर सरसफाई गरेका छन ।