नयाँ शक्ति लगाएत ६५ दलले फेरी आन्दोलन गर्नेः वैशाख २ गतेबाट रिले अनसन

चुनाव चिन्ह नपाए वहिष्कार गर्ने चेतावनी

काठमाडौं । नयाँ शक्तिसहितका ६५ दलले वैशाख २ गतेबाट आठ गतेसम्म रिले अनसन बस्ने लगाएतका विभिन्न नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।

उनीहरुले आज पत्रकार सम्मेलन दिँउसो दुई बजे गरेर संघर्षका कार्यक्रम घोषणा गर्दैछतन् । उक्त पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई समेत सहभागी रहने छन ।

उनीहरुका अनुसार आज तयार हुने संघर्षका कार्यक्रम अन्तरगत नयाँ वर्षको आगमनसँगै बैशाख २ गतेदेखि रिले अनसन रत्नपार्कको शान्ति वाटिकामा बस्ने र उक्त अनसन बैशाख ८ गतेसम्म चल्नेछ ।

रिले अनसन कार्यक्रम हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । उनीहरुले चुनाव चिन्ह नपाए चुनाव वहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।