१ लाख दिएर आफ्नै पत्नीको हत्या

बारा । वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ ।

सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो ।

जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।

उप्रेतीले भने–‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ ।’ बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ । यो समाचार आजको कान्तिपुरमा दैनिकमा प्रकाशित छ ।