पूर्वसभासद ढुंगेल विरुद्ध अपहेलना मुद्दा

अदालतले विहिबार सुनुवाई दिदैँ

काठमाडौँ  । आज माओवादीका पूर्वसभासद बाल कृष्ण ढुंगेल विरुद्द अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पूर्वसभासद ढुंगेलले आफू विरुद्द ज्यांन मुद्दामा फैसला गर्ने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नराम्रो शब्द प्रयोग गरि सार्वजनिक कार्यक्रममा मुद्दामा फैसला गर्ने फिला चिर्ने धम्की दिएकोले उनले अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता त्रिपाठीले उक्त मुद्दा दर्ता गारियेको हुन ।  ढुंगेल अहिले विप्लव निकट नेकपामा आवद्ध छन ।

दायर गरिएको उक्तु मुद्दामा भनिएको छ–‘ढुंगेललाइ तत्काल अदालत बाट वारेन्ट जारी गरी गिरफ्तार गरियोस भनि दर्ता गरिएको हो ।’ अदालतका अनुसार उक्त मुद्दाको विहिबार सुनुवाईको मिति तोकिएको जनाएको छ ।