पर्सामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते

घाइतेको वीरगञ्जमा उपचार हुँदै

पर्सा । आज पर्सामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन ।उक्त घाइतेको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ ।

आज सखुवा पर्सौनी गाउँपालिका वडा नं २ कटैयामा भएको दुर्घटनामा निवासी ४८ वर्षिय जावाहिर पटेल र पूर्वारी कटैया बस्ने वर्ष २२ को अमानुल हक अन्सारी गम्भिर घाईते भएका हुन् ।

प्रहरी चौकी महुवनका हवल्दार दिपेन्द्र यादवका अनुसार वीरगञ्जबाट फर्केका पटेलले चलाएको ना १८ प ५४७६ नम्बरका मोटरसाईकल र विपरित दिशातर्फ आउँदै गरेको अन्सारी चढेको ना ६ प ७१९१ मोटरसाईकल तिव्र गतिका कारण आपसमा ठोक्किएका हुन ।