दलित परिवारकी एक वालिकाको डीआइजी चन्दले पढाइ खर्च बेहोर्ने

प्रहरी र नागरिकबीचको सम्बन्ध विकासको प्रयास

कास्की । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत प्रहरी नायव महानिरिक्षक रणवहादुर चन्दले मंगलबार एक दलित परिवारकी बालीकालाई पढाइमा सहयोग गर्ने बताएका छन ।

स्थानीय सिद्ध आदर्श विद्यालयमा कक्षा पाँचमा अध्ययनरत लुम्ले ४ कास्कीकि धन्सुबा विकको पारिवारिक अवस्था कमजोर भएकाले डिआईजी चन्दले सहयोग गर्ने बताएका हुन ।

हिजो पोखरा –बागलुङ राजमार्गको लुम्ले खण्डमा सडकको छेवैमा औसेलु विक्री गर्न वसेकी ती बालीकालाई देखेपछि चन्द गाडीबाट झरेर वालिकाको विषयमा चासो राखेका थिए ।

घरको कमजोर आर्थिक अवस्थाका कारण औसेलु विक्री गर्न बसेकी विकलाई डीआइजी चन्दले भेटेर उनको पारिवारिक अवस्थाका बारेमा बुझे ।

डिआईजी चन्दले पढाइ खर्च जुटाउन धौधौ परेको यी बालिकालाई नेपाल प्रहरीले मासिक रुपमा २ हजार रुपियाँका दरले पढाइ खर्च दिने निर्णय गरेको बताए ।

डीआइजी चन्दले गरेको यसतो निर्णय प्रहरी र नागरिकबीचको सम्बन्ध बिस्तारमा सहयोग पुग्ने देखिन्छ ।

डीआइजी चन्दले भने–‘ वालिकाको अध्ययनमा सहयोग पुगोस भनेर मासिक२०० हजार दिने निर्णय गरेको छु, उनको आर्थिक अवस्था कमजोर रहेछ, त्यसमा पनि दलित भएकाले सहयोग गर्ने निर्णय गरेको हु, अव मासिक रुपमा उनको खातामा दुइहजार रुपियाँ पैसा पठाइ दिन्छौ ।’

नेपाल प्रहरीले देशभरका एकसय पचाँस जना जति गरिव र जेहन्दार विद्यार्थीहरुको अध्ययनका लागि प्रति विद्यार्थी दुइहजारका दरले रकम प्रदान गर्ने निर्णय गरेको समेत चन्दले बताए ।

आफ्नो घर जमिन नभएका सुकुम्वासी तपवहादुर विकले भने–‘ नेपाल प्रहरीको यो निर्णयले यतिखेर खुसी भएका छौँ, एक छोरा र पाँच छोरीहरुलाई विद्यालय पठाउन मुस्किल परेको थियो, ज्याला मजदुरी गरेको पैसाले परिवार धान्न धौधौ परेको बेला प्रहरीबाट थोरै भएपनि राहत मिलेको छ ज्यार्दै खुसी छौँ ।’

नेपाल प्रहरीले नागरिक सँग सुदृढ सम्बन्ध विकास गर्नका लागि आवश्यक पर्ने तालिमका वारेमा परामर्श गर्न डीआइजी चन्द हिजो म्याग्दी पुगेका छन ।