नेपाल भारतबीचको खुला सीमानामा काँडेतार लगाउन सरकारलाई कलाकार खड्काको आग्रह

भन्छन–‘सरकारलाई चाहीने सहयोग गर्न जनता तयार छन’

काठमाडौं । चलचित्र निर्माता एवं अभिनेता नवल खड्काले नेपाल भारतको खुला सीमानामा काँडेतार लगाउनु पर्ने बताएका छन ।

कलाकार खड्काले सीमानामा काँडेतार लगाउन कानुनी जटिलताहरू भएपनि त्यसलाई सुल्झाएर सरकारले राष्ट्रियताका निम्ति पहल गर्नुपर्ने धारणा आफ्नो फेसबुक स्ट्याटस मार्फत सार्वजनिक गरेका हुन ।

उनले भनेका छन–‘ सरकारले काँडेतार लगाउने र तमाम समस्या सुल्झाउने योजनालाई प्राथमिकतामा राख्नु पर्छ । सन् १९५० को असमान सन्धिका बुँदाहरू खारेजी गर्नु पर्छ । यदि काँडेतार लगाउने काममा सरकारसँग आर्थिक बजेट अपुग भएमा जनतालाई दिइएको सेवा सुबिधालाई कटौती गर्न सकिन्छ तर नेपालीहरु अपमान सहन सक्दैनन ।’

उनले सरकारलाई आर्थीक बजेटको अभाब भएमा विभिन्न विकल्पहरु समेत प्रस्तुत गरेका छन । उनले भनेका छन–‘सरकारले काँडेतार लगाउने काममा जनतासँग सहयोग मागोेस, आवश्यक परेमा जनताहरु आर्थिक र श्रमदान दुबै सहयोग गर्नका लागी तत्पर हुन्छन । यदि सरकारले त्यो पनि सक्दैन भने कानुनी अड्चनहरुमा सहजीकरण गरिदेओस काँडेतार लगाउन चाहिने आर्थिक र श्रमदान जुटाउन बिश्वभरि रहेका अभियन्ताहरु सक्षम रहेका छन ,सहयोग हुन्छ ।’

सरकारले कानुनी बाटो नखुलाइ यो वा त्यो बहानामा जनताको अभियानलाई रोक्न खोज्ने ,आफुपनि केही नगर्ने हो भने , देशको सुरक्षाका लागी जनता विद्रोहमा उत्रने अवस्था आएको भन्दै उनले देशको सीमानाको रक्षा जनता आफैले गर्ने अवस्था आउन सक्ने प्रति सरकारलाई सजग गराएका छन ।

राष्ट्रियताको विकासका लागि सांस्कृतिक अतिक्रमणलाइ पनि नियन्त्रण गर्नुपर्ने भन्दै उनले अहिलेको अवस्थामा जल, जमिन, जङ्गल, जलस्रोत र जनको सुरक्षा काँडेवारले मात्र गर्न सम्भव भएकाले सरकारको ध्याँन त्यतातिर जानुपर्नेमा बताएका छन ।