वीरगन्जमा गोली प्रहारबाट एक महिला घाईते

नेशनल मेडिकल कलेजमा उपचार हुँदै

वीरगन्ज । वीरगन्ज उपमहानगरपालिकामा अपरिचित व्यक्तिको गोली प्रहारबाट एक महिला गम्भिर घाइते भएकी छन् ।

आज बिहान वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ की २३ वर्षीय निलु पटेल गम्भिर घाइते भएकी हुन् ।
प्रहरीका अनुसार उक्त घटनामा पटेलकै परिवार संलग्न रहेको आशंका छ । अहिले उनका श्रीमान धीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ

वीरगन्ज स्थित नेशनल मेडिकल कलेजको आइसियु कक्षमा उनको उपचार भइरहेको छ । निलुको दाहिने कन्चट पछाडिको भागमा गोली लागेको छ ।