क्रान्तिकारीका अध्यक्ष कोहलपुर नगरपालिकाको मेयरमाः मेट्रो सिटी बनाउने योजनासहित चुनाव प्रचारमा बेस्त (भिडियोसहित)

भन्छन–‘अब देश बनाउने जिम्मेवारी,मिसन र भिजन बोकेका युवाहरुको काधँमा आएको छ’

कोहलपुर । यतिबेला मुलुका चुनाबी माहोलले सबै क्षेत्र,वर्ग र समुदायलाई छोएको छ । सबै राजनीति दलदेखि संघ संगठनहरु निर्वाचनमा राम्रो र विकासको नेतृत्व गर्न सक्ने उम्मेदवारको खोजीमा लागेका देखिन्छन भने विकासको एजेन्डा सहित विभिन्न पार्टीभित्रबाट युवाहरुले अब देश बनाउने जिम्मेवारी आफुहरुले पाउँनु पर्ने दाबी समेत गरिरहेका छन ।

कतिपय दलहरु निर्वाचनको विपक्षमा रहेको भएपनि अधिकाशं दलहरुभने रातदिन चुनाबी तयारीमा लागेका छन । दोश्रो संविधान सभाको निर्वाचनमा तेश्रो स्थानमा सिमित हुन पुगेको तत्कालिन एकिकृत माओवादी अहिले आफुबाट अलग्गिएका विभिन्न घटकहरुसँगको एकतापछि माओवादी केन्द्र बनेको छ र त्यसले स्थानीय चुनावमा कुन स्थानमा लिन्छ होला भन्ने चिन्ता र चासोको विषय पनि बनेको छ ।

हरपल नेपाल डटकमसँग माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्दै न्यौपानेले माओवादी केन्द्रले अहिलेको चुनावमा पुरानो चुनावबाट पाठ सिक्दै देश निर्माणको मिसन र भिजन बोकेका युवा शक्तिलाई उम्मेदवारीको पहिलो आधार बनाएको बताए ।

उनले देशभरी अहिले माओवादीको नेतृत्वमा सरकारले गरेको कामहरुको चर्चा चुलिएको र त्यसले जनताको प्रत्यक्ष जीवनमा प्रभाव पारेको तर्क प्रस्तुत गर्दै भने–‘माओवादीदेखि अहिले केही पार्टीहरु बढिनै डराएका छन । केन्द्रदेखि स्थानीय तहसम्मको अवस्थालाई हेर्दा काग्रेस,एमालेका धेरै नेता,कार्यकर्ताहरुमा निरासता देखिन्छ । उहाँहरुमा उम्मेदवारी कस्लाई दिने भन्नेमा विवाद देखिन्छ तर हाम्रो पार्टीमा कोसँग विकासको योजना छ भन्ने विषयको छलफल हुन्छ । तसर्थ अहिले जनताले माओवादीलाई राम्रो सहयोग गर्छन भन्ने लाग्छ ।’

तस्विरः हरपल नेपाल डटकमसँग कुरा गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने

माओवादीले राज्य ब्यवस्था परिवर्तनको नारा लिएर सुरु गरेको दश बर्षे जनयुद्धदेखि नै प्रत्यक्ष रुपमा युद्धमा होमिएका न्यौपाने माओवादी केन्द्र भित्रका दुरगामि सोच,चिन्तन र बौद्धिक क्षेमता भएका प्रभावकारी नेतामा गनिन्छन । उनी कलिलो उमेरदेखि नै युद्धकालीन पार्टीको विभिन्न मोर्चा र जिम्मेवारीमा रहेर आफ्नो महत्वपूर्ण जिम्मेवारी पुरा गरेका सफल नेतृवको रुपमा परिचित छन ।

अहिले माओवादी केन्द्र निकटको विद्यार्थी संगठनको नेतृत्व सम्हालेका न्यौपाने विभिन्न समयमा चर्चामा आउने गरेका छन । कहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अधिकाशं दलहरुका संगठनहरु विरोधमा उत्रिएको बेलामा चुनाब हुन्छ भन्दै, त्यसको नेतृत्व गरेर चर्चामा आए त कहिले पार्टी एकतापछि सबैलाई मिलाउन ठूलो आकारको संगठन निर्माण गरेर चर्चामा आए । अहिले पनि उनी चर्चाको मझेरीमै रहेका छन, प्रसँग रहेको छ, उनको स्थानीय निकायको निर्वाचनमा उम्मेदवारीको ।

अत्यन्त बेस्त समयबीच हरपल नेपाल डटकमलाई समय उपलब्ध गराउदै नेता न्यौपानेले आफुले बाँकेको कोहलपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने बताए । उनले अहिले देश बनाउने जिम्मा गफ र उखान टुक्का हाल्नेहरुको नभइ विकासको प्रष्ट भिजन र मिसन बोकेका युवाहरुको काँधमा आएकाले आफुले पनि उम्मेदवारी दिने बताएका छन ।

तस्विरः हरपल नेपाल डटकम- अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने

नेता न्यौपानेले आफु कुर्सिमा बसेर उखान टुक्का सुनाउनका लागि नभइ कोहलपुर नगरपालिका क्षेत्रलाई अत्याधुनिक मेट्रो सिटिको रुपमा विकास गर्नका लागि,त्यहाँ उद्योग कलकारखाना,कृषि क्षेत्रको विकास गर्नका लागि र त्यो क्षेत्रको आर्थिक,सामाजिक,भौगोलिक एवं समग्र व्यवस्थामा सुधारका महत्वपूर्ण योजना सहित मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन ।

केहि दिन अघि हरपल नेपालले आयोजना गरेको हरपल विशेष कार्यक्रममा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन । उनले कोहलपुरका स्थानीय जनताले माओवादीको पक्षमा चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको र आफ्नो नेतृत्वलाई स्वागत गरेको समेत बताए ।

उनले भने–‘यो देश बनाउने सपना माओवादीले देखेर मृत्यु र मुक्तीको यात्राबाट अबिचलित भएर यहाँसम्म पुगेको छ । तसर्थ यो देशका कुना कन्दरासम्म विकासको लहर सिर्जना गर्ने र जनताको जन जिवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना माओवादी पार्टीसँग मात्र छ । अहिले देशनै माओवादी मय बनेको छ,गाउँ टोल जताकतै हाम्रै चर्चा रहेको छ । कोहलपुरमा पनि हामी भारी मतले जित्छौ,जनताले यहि विश्वास दिलाएका छन ।’

तस्विरः कोहलपुरमा चुनाव प्रचारको काममा बेस्त हुदै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने

कोहलपुर नगरपालिकामा मेयर पदको आफ्नो उम्मेदवारीलाई देश बनाउने जिम्मेवारीसँग जोड्दै नेता न्यौपानेले हरपल विशेष कार्यक्रममा आफ्ना महत्वपूर्ण एजेण्डा सहितका धारणाहरु राखेका छन । बाँकी हरपल नेपालले तयार गरेको यो भिडियो सामाग्रीमा हेर्नुहोस …… 

LOADING...