आज गुन्डा नाइके लामामाथि दिव्या पार्टी प्यालेसमा गोली प्रहार (भिडियोसहित)

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार हुदै

काठमाडौं । प्रहरीको गुन्डाको सूचीमा रहेका काभ्रेका दावा लामामाथि आज विहान राजधानीको बौद्धमा रहेको दिब्या पार्टी प्लालेसमा गोली चल्दा गम्भीर घाइते भएको वौद्ध प्रहरी वृत्तले जनाएको छ ।

घाइते लामालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना गरिएकोप्रहरीले जनाएको छ ।

अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ । गोली कसले हान्यो भन्ने केही खुलेको छैन, घटनास्थलमा रहेका एसएपी छबिलाल जोशीले भने–‘वरिपरिका सीसीटिभी हेरेर छानबिन गर्दैछौं ।’ घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन् ।

प्रत्यक्षदर्शीका अनुसार पैदलै हिँड्दै आएका एक युवकले लामामाथि चार राउन्ड गोली प्रहार गरेका थिए। गोली हानेर ती युवक पैदलै भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसएसपी जोशीले जानकारी दिए।

काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनी संलग्न देखिँदै आएका छन्। एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए।

LOADING...