सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा आज पारस र शरद भिड्दै

धनगढी चौराह टीमको टस जितेर फिल्डिङ गर्ने लक्ष्य

धनगडी । कैलालीको धनगढीमा गत सोमबारबाट सुरु भएको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट खेल अन्तर्गत मंगलबारको पहिलो खेल विराटनगर किंग्स र धनगढी टीम चौराहबीच हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार आज बिहान हुने पहिलो खेलमा टीम चौराहले टस जितेर फिल्डिङ गर्ने आफ्नो लक्ष्य राखेको छ । त्यस टीमको नेतृत्व कप्तान पारस खड्का गरिरहेका छन् । त्यस्तै विराटनगर किंग्सले पनि आफ्नो सानदार खेल हुने दाबी गरेको छ र त्यसको कप्तान शरद भेषावकर छन ।

यि दुई टीमबीचको खेल अहिले सुरु भैसकेको छ । दई टिमले आफ्नो राम्रो प्रदर्शन गरेको बताइएको छ । खेलको पहिलो पदिन, सोमबार भएको पहिलो खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्सविरुद्ध ४० रनको जित निकाल्दै विजयी भएको थियो।

हिजो भएको खेलमा अत्तरियाले पहिले राम्रो प्रदर्शन गर्न सकेको थिएन । १२ ओभर नपुग्दै टोलीका सन्दीप सुनार ४, दिलीप नाथ १५, रोशन नेपाली १०, कप्तान ज्ञानेन्द्र मल्ल ७ र महबुब आलम २ रनमा आउट हुँदा अत्तरिया टोलीको स्कोर ५७ रनमात्र थियो तर पछि अत्तरियाका खेलाडि योगेन्द्रसिंह कार्की र ज्ञानेन्द्र कुँवरले ४३ बलमा ६९ रनको साझेदारी गरेपछि अग्रता लिन सफल भएको थियो ।

हिजो भएको दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिकबीच भएको थिाये । उक्त खेलमा रुपन्देही च्यालेन्जर्सले राम्रा खेलाडीहरुका साथ रहेका कारण बलियो रुपमा प्रस्तुत भएको थियो । उसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गर्‍यो ।

सगरमाथा धनगढी प्रमियर लिग (डीपिएल)को गत आइतबार नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेलपछि विशेष साँस्कृतिक कार्यक्रमका साथै आतीशबाजीका साथ उद्घाटन गरिएको थियो ।