आफ्नै प्रेमीबाट नाटकीय शैलीमा एक नर्स बलत्कार

बिहेको प्रस्ताव अस्वीकारपछि बलत्कृत

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा काम गर्ने नर्स आफ्नै प्रेमीबाट नाटकीय शैलीमा एक बलत्कारमा परेकी छिन् ।

मुगु घर भई कपन साततले बस्ने प्रेमी प्रकाश मल्लले बिहेको प्रस्ताव राखे तर नर्सले अहिले बिहे गर्ने उमेर भएको छैन भन्दै प्रस्ताव अस्वीकार गर्दा उनी बलत्कार भएकी हुन ।

प्रहरीका अनुसार गत ५ चैतमा मल्लले प्रेमीकालाई भेट्न कपन बोलाएका थिए । बिहेको कुराकानीको क्रममा उनीहरूबीच झगडा भएको थियो ।

झगडापछि मल्लले प्रेमिकाको मोबाइल खोसेर नजिकै रहेको आफ्नो डेरामा गए । प्रेमिकालाई मोबाइल चाहिए आफ्नो डेरामा आउनु भन्दै बोलाए । प्रेमिका कोठामा छिरेलगत्तै उनले ढोकामा चुकुल लगाएर बलात्कार गरेका हुन् ।

तँ मेरो हुन्नस भने कसैको पनि हुन दिन्नँ’ भन्दै उनले बलात्कार गरेका हुन् । मल्ललाई बौद्ध प्रहरीले पक्राउ गरेको छ ।