लुम्बिनीबाट हराएका पूर्वसैनिक भेटिएनन्

भैरहवा । लुम्बिनीबाट हराएका पाकिस्तानी पूर्वसैनिक अधिकृत मोहम्मद हविवको खोजी तीव्र पारे पनि हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । बुद्ध एयरको काठमाडौं – भैरहवा उडानबाट अविव बिहीबार यहाँ आएका थिए ।

सिसी क्यामेरा फुटेजमा उनी विमानस्थलमा उत्रेको र त्यहाँबाट लगेजको साथमा बाहिरिएको प्रमाणित भएपनि त्यसपछिको उनको अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।