सुशासन समितिको बैठक भोली बस्दै

बैठकमा प्रधानमन्त्री पनि सहभागी

काठमाडौं । मंगलबार व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक बस्ने भएको छ ।उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन ।

समितिले प्रधानमन्त्रीलाई भोलि मंगलबार विहनको बैठकमा बोलाएको हो । समितिले प्रधानमन्त्री प्रचण्डलाई पत्र नै लेखेर के कति कारणले नेपाल प्रहरीको आईजीपी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गर्न ढिलाइ भएको हो भन्ने जवाफ मागेको छ ।