सशस्त्र प्रहरीको जीप दुर्घटना, हवल्दारको मृत्यु

डीएसपी थापा सहित एक जवान घाइते

दोलखा । दोलखामा सोमबार बिहान सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा हवल्दार मोहनबहादुर घिमिरेको मृत्यु भएको छ ।

माथिल्लो तामाकोशी सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका डीएसपी शम्भूजंग थापा चढेको बा ९ च ९३६० हाइलक्स जीप दोलखा–सिंगटी सडक अन्तर्गत झमासी खोलामा आज बिहान ८ बजे दुर्घटना भएको हो । उक्त जीप दोलखा सदरमुकाम चरिकोटबाट सिंगटी जाँदै थियो ।

दुर्घटनामा डीएसपी थापा र सशस्त्र प्रहरी जवान शिव कसवार माझी गम्भीर घाइते भएका छन् ।

दोलखा प्रहरी प्रमुख रविन कार्कीले जीप तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जानकारी दिए ।