नेपाल एयरलाइन्सका पाइलटबाट ९३ हजार बरामद

पाइलट अवाले प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विमान स्थलमा नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

अवाले नेपाल एयरलाइन्सको आरए २२९ जहाज काठमाडौं देखि दुबई उडानका लागी विमान स्थल गएको वेला डलर सहित पक्राउ परेका हुन ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले अवाले पक्राउ परेको बताएका छन ।