आजबाट बिस्केट जात्रा सुरुः भक्तपुरमा पर्व मनाउन आउनेहरुको भिडभाँड

प्रहरी भन्छ–‘सुरक्षाको चिन्ता थपियो’

भक्तपुर । यतिबेला भक्तपुरमा जात्राको रौनक बढिरहेको छ । आजबाट सुरुहुन लागेको भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रामा मानिसहरु झुम्न अनि रमाउन थालेका छन ।

पहिले देखि चलिआएको परम्परा अनुसार यो पर्व हेर्नाले शत्रुहरु नाश हुने र विजय भइने विश्वास गरिन्छ । पर्व मनाउनका लागि बिहानैदेखि स्थानीयहरु जम्मा भएको बताइएको छ ।

तस्विरः बिस्केट जात्रामा मानिसहरुको भिडभाँड अनि रमाइलो

आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने उक्त बिस्केट जात्रा नयाँ बर्षको आगमनसँगै त्यसको स्वागतमा मनाइने परम्परा रहिआएको छ ।

आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडि रहेको भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात हुने गर्दछ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई उक्त रथलाई विभिन्न टोलसम्म तानेर लैजाने परम्परा रहेको छ ।

त्यरी रथलाई तानेर जस्ले आफ्नो टोलसम्म लैजान सक्छन त्यस टोलको विजय भएको मानिन्छ । परम्परा अनुसार पहिलो दिन भैरवनाथको. रथ तानिन्छ भने दोश्रो दिन उक्त रथलाई दत्तात्रयसम्म पर्याएपछि जात्रा सम्पन्न गरिन्छ र तेश्रो दिन भैरवलाई बलि चढाएर पूजा गरिन्छ र बलिको मासुलाई प्रसादका रुपमा बाड्ने प्रचलन रहेको छ ।

यस पर्वको चौथो दिन दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । यो नै यस पर्वको मुख्य आकर्षणको पक्ष हो ।उक्त लिङ्गोलाई भैरवनाथको प्रतीक मानिन्छ ।

बिस्केट पर्वको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन उक्त भैरवको प्रतिकका रुपमा रहेको लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा ९रथ जुधाउने टोल० भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ।

प्रहरीले यो पर्वमा सुरक्षा चुनौति रहेको बताएको छ । परम्परा अनुसार बिस्केट जात्रामा रथले किचेर र झडपमा ढुङ्गा हानहानमा परी मानिसको मृत्यु समेत हुने गरेको प्रहरीले बताएको छ ।