मधेशी मोर्चासँग छलफलका लागि आज बोलाएको बैठक रोकियो

मोर्चाका मागका विषयमा प्रधानमन्त्री लचक

काठमाडौं। निर्वाचनको मिति नजिकदै जादाँ प्रधानमन्त्री पुष्पकमल दहालले मधेशी मोर्चाका मागहरुको विषयमा कसरी निकास खोज्न सकिन्छ भन्ने विषयमा आफ्नो ध्यान केन्द्रत गरेका छन ।

उनले मोर्चाका मागहरुको विषयमा समझदारीका लागि आज निर्णयक बैठक बोलाएका थिए । तर प्रधानमन्त्री सचिवालयले उक्त बैठक विभिन्न तयारी नपुगेकाले स्थगित गरिएको जनाएको छ ।

मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउने र उनीहरुका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा केन्द्रीत छलफल आज बिहान १० बजेका लागि हिजो नै तय गरिएको थियो । प्रधानमन्त्री श्रोतका अनुसार छलफलको पुरा तयारी नभएकाले आजका लागि रोकिएको हो ।

सरकार र मधेसी मोर्चाबीच पछिल्लो चरणमा पातलिएको सम्बन्धलाई सुढृण पार्नका लागि हिजो प्रधानमन्त्री दलहालले छुट्टा छुट्टै दुई पटक मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले मोर्चालाई आजका लागि सबै समस्याहरुको निकास खोज्नेगरी निर्णायक छलफलको तयारी समेत गरेका थिए ।

्िरधानमन्त्रीले हिजो संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रीक पार्टीका अपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगाएतका नेताहरुसँग छुट्टा छुट्टै भेटर्वाता गरेका थिए ।

आजको लागि बोलाईएको बैठकमा संघीय आयोगबाट सीमांकन मतभेद टुंग्याउने, राष्ट्रिय सभा, भाषा, नागरिकताजस्ता विषयमा ानेतर्नले अघि सारेका प्रस्तावमा छलफल गर्ने र नयाँ विधेयक अगाडि बढाउने बताइएको थियो ।

आज कांग्रेस सभापति शेरबहादुर देउवा पनि बाहिर भएकाले उक्त निर्णायक भनिएको बैठक स्थगित हुन पुगेको श्रोतको भनाइ रहेको छ ।