बर्दियाको भुरिगाउँमा बस दुर्घटनाः ३५ जना घाइते

ठूलो मानविय क्षेती हुनबाट जोगियो

दुर्घटना भएको बसः तस्विर – हरपल नेपाल डटकम

बर्दिया । दार्चलाबाट काठमाडौ तर्फ जादै गरेको ना च ६ १२२७ नम्बरको यात्रुबाहक बस आज राती १२ बजेतिर नियन्त्रण बाहिर जादा दुर्घटना भएको छ ।

करिब ६० जनाबढि यात्रुहरुलाई बोकेको उक्त बस बर्दियाको भुरिगाउँ बजार नजिकै कृष्ण प्रणामी मन्दिरको छेउमा सडकबाट तल खसेको हो ।

घटना लगत्तै स्थानीयवासी र भुरिगाउँ प्रहरीको टोलिले घाइतेको उद्धार गरेका थिए । उक्त घटनाबाट घाइते भएकाहरुको अहिले भुरिगाउँ स्थित केपि पोलिक्लिनीकमा उपचारका लागि राखिएको छ । केही गम्भिर घाइतेहरुको उपचारको लागि बाँकेको कोहलपुर स्थित अस्पतालमा पुर्याइएको बर्दियाबाट हाम्रा सहकर्मिले जनाएका छन ।

हरपल नेपालसँग कुरागर्दे बसका मालिक हरी प्रसाद भट्टले भने–‘अचानक बसले आफ्नो नियन्त्रण गुमाएपछि त्यो द्धटना भएको रहेछ । हामीले घाइतेको उपचार गरिरहेका छौ । ठूलो घटना हुनबाट जोगिएको छ । केहिलाई अलि बढि चोट लागेको भएपनि सबै खतरामुक्त भएको जानकारी हामीले पाएका छौ । बस सडक भन्दा तल पल्टीएको छ ।’

हरपल नेपालसँग कुरा गर्दे स्थानीय प्रहरीले पनि घटनाबाट कुनै मानबिय क्षेती नभएपनि केहीको अवस्था भने खतरापूर्ण भएकाले उपचारका लागि कोहलपुर पठायएको बताएको छ ।

दुर्घटनापछि बसलाई निकाल्न प्रयाश गरिएको थियो । बसको पछाडिको भागमा केही क्षेती पुगेको छ भने केही सिसाहरु फुटेका छन ।