कांग्रेसले निर्वाचन जिते मात्र देश विकास हुन्छः सभापति देउवा

एमालेले देशलाई टुक्राउन खोजेको आरोप

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले निर्वाचन जिते मात्र देश विकास हुने बताएका छन् । एमालेले मधेसीलाई चिढाएर देशलाई टुक्राउन खोजेको आरोप लगाएका छन्।

सभापति देउवाले कैलालीको अत्तरीयामा आयोजित चुनावी सभामा बोल्दै मधेसी, पहाडी, थारु र मधेसीबीच झगडा गराउने षडयन्त्र भइरहेको बताए।

देउवाले भने–‘केपी ओलीको उखान टुक्काले देश चल्न सक्दैन । टुक्काले देश चल्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो ।’