कोही नआएपनि चुनाव गर्नुपर्छः पूर्व प्रधानमन्त्री खनाल

अप्ठ्यारो परे एमालेले काँध थाप्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय निर्वाचनमा कोही नआएपनि चुनाव गर्नु पर्ने र अप्ठ्यारो परे एमालेले काँध थाप्ने बताएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार खनालले पुष्पकमल दाहाल प्रचण्डसँग करिब डेढ घण्टा गरेको भेटवार्तामा त्यसतो बताएका हुन ।

प्रधानमन्त्री दाहालले भने–‘चुनाव गराउनको लागि पूर्ण प्रतिबद्ध रहेको छु । मधेशी मोर्चालाईपनि चुनावमा सहभागी गराउनको लागि सक्दो पहल गरिरहेकोछु र उनीहरु नआएपनि चुनाव रोकिने छैन।’