हरपल नेपालद्धारा सहकर्मिको जन्म उत्सवमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना (भिडियोसहित)

भब्य कार्यक्रमबीच सम्पूर्णलाई शुभकामना प्रदानः नयाँ बर्षलाई स्वागत

काठमाडौंदृष्टि मिडिया नेटवर्क प्रालिद्धारा संञ्चालीत डिजिटल सञ्चारमाध्यम हरपल नेपाल डटकमले सहकर्मि आयुष न्यौपानेको २० औ जन्म उत्सवको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा उपस्थितहरुले आउँदै गरेको नयाँ बर्ष २०७४ को उपलक्ष्यमा समेत शुभकामना आदान प्रदान गरे । कार्यक्रममा हरपल नेपालका सहकर्मि न्यौपानेलाई पत्रिकाका सम्पादक लोकराज जैसीले टीका र मालाले उनको २० औं बर्ष प्रबेशलाई शुभकामना सहित स्वागत गरेका थिए ।

हरपल नेपाल डटकमका सम्पादक लोकराज जैसीले न्यौपानेलाई २० औं बर्षमा प्रवेशले सफलता मिलोस भन्दै उपस्थित सबै, अनि पत्रिकाका पाठक,लेखक,सुभचिन्तक र विज्ञापनदाताहरुलाई नयाँ बर्ष २०७४को शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा हरपल नेपाल टीमका भानुभक्त ढकाल, पुष्कर न्यौपाने, गोबिन्द योगी, आकाश केसि, हरी खनाल लगाएतले न्यौपानेलाई संयुक्त रुपमा केक काटेर खुवाउँदै जन्म उत्सवमा नाचेर रमाइलो समेत गरेका थिए ।

LOADING...

राति १० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा हरपल नेपालले आमन्त्रीत अतिथिलाई खानापिन पश्चात बिदाइ गरेपछि पनि राती अबेरसम्म नाचगान र विभिन्न मओरञ्जनात्मक प्रस्तुतिहरु गरेर थप रमाइलो गरेका थिए ।

हरपल नेपाल डटकमले हिजो साँझ आयोजना गरेको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा उपत्यककामा क्रियाशिल विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु,समाजसेवी,बुद्धिजीवि तथा पत्रिकाका नियमित पाठक,लेखकहरुको समेत सहभागिता रहेको थियो ।

LOADING...