चितवन राष्ट्रिय निकुञ्जमा गोली हानी गैँंडा मारियो
खाग लिएर सिकारी फरार
प्रकासित मिति : २०७३ चैत्र २७, आईतवार
प्रकासित समय : ०७:५४
चितवन । चितवन राष्ट्रिय निकुञ्जको जगतपुर मध्यवर्तीमा पर्ने हरियाली सामुदायिक वनमा एकसिंगे गैँडा मारिएको छ ।
शुक्रबार राति चोरी सिकारीकै उद्देश्यले गोली हानी गैँडा मारेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । गैँडाको कन्चट र घाँटीमा गोली हानी खाग लिएर सिकारी भागेको उनले बताए ।
हाल नेपालमा ६ सय ४५ वटा एकसिंगे गैँडा छन् । एक सिंगे गैँडा नेपाल तथा भारतको काजिरंगा निकुञ्ज (आसाम)मा मात्र पाइन्छ । एकसिंगे गैँडालाई दुर्लभ वन्यजन्तुका रूपमा लिइन्छ ।
चोरी सिकारीको खोजी भइरहेकाले ढिलोचाँडो पक्राउमा पर्ने खड्काले बताए । ‘चोरी सिकारी कुन गिरोहबाट परिचालित छ भन्ने विषयमा केही दिनमा पत्ता लगाइनेछ,’–उनले भने ।