सल्यान सरोकार समाजको वेभ साईड आजबाट सुभारम्भ

शुभकामना आदानप्रदान गरी नयाँ बर्षलाई स्वागत

काठमाडौं । सल्यान जिल्लामा रहेका प्राकृतिक,सामाजिक,धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सल्यान सरोकार समाजले आजबाट आफ्नो वेभसाईड संञ्चालनमा ल्याएको छ ।

सल्यान सरोकार समाजको वेभ साइडको उद्घाटन कार्यक्रम। तस्विर- हरपल नेपाल डटकम

उक्त संस्थाद्धारा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा नियापान कार्यक्रमबीच आज उक्त वेभ साइडको उद्घाटन गरिएको हो ।

सल्यान सरोकार समाजकी सदिक्षा घर्तिमगरले हरपल नेपालसँग कुरा गर्दै उक्त वेभ साईड मार्फत देश,विदेशसम्म सल्यान जिल्ला भित्र रहेका सम्पदाहरु,सँस्कृतिहरुलाई प्रचार गरेर त्यसलाई प्रर्यटकको गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताइन ।

उक्त कार्यक्रममा सल्यान सरकोकार समाजले प्रकाशन गरेको नयाँ बर्षको भित्तेपात्रोको विमोचन समेत गरिएको छ । कार्यक्रममा करिब सयजना जति उपस्थित भएको आयोजकले जनाएको छ ।

सल्यान जिल्लाबाट विभिन्न उद्देश्यका साथ राजधानी भित्रिएका विभिन्न काम र ब्यवसायमा रहेका मानिसहरुको कायक्रममा उपस्थिती रहेको थियो । उनीहरुले आपसमा परिचयात्मक र मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत गरेका छन ।

सदिक्षा घर्तिको सभापतित्वमा सम्पन्न उक्त क्रार्यकक्रमलाई डिजिटल प्रविधिद्धारा प्रर्दामा संस्थाको ब्यानर अन गरेर कार्यक्रममा प्रमुअ अतिथि, नेपालका लागि मलेसियाका पूर्व राजदूत तथा सल्यान जिल्लाका अगुवा समाजसेवी ऋषि अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा सल्यानी साहित्यकार उषा हमाल,समिर शाह, एमालेका पूर्व सल्यान सचिव हरिव शर्मा, मिडिया नेपालका टेकराज,माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलक राज भण्डारी लगाएतका अन्य अतिथि रहेका थिए ।