हिन्दु केटीसँग प्रेम गरेको भन्दै मुस्लिम युवकको हत्या

अनुसन्धानकालागि तीन जना नियन्त्रणमा

भारत । हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारतको झारखण्डको गुम्लम जिल्लामा एक मुस्लिम युवकको निर्मम हत्या गएिको छ ।

आफनो केटी साथीलाई स्कुटरमा राखेर उसको घरसम्म छोड्न गएका २० बर्षका मोहम्मद शालिकलाई स्थानीय केहि व्यक्ति मिलि पोलमा बाँधेर पिटेका थिए ।

बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धत गदै एएफपीले जानकारी गराएको छ । निर्मम कुटाइबाट घाएते भएका मोहम्मदको बिहिबार ज्यान गएको जानकारी गराएको थियो ।

मोहम्मद ती केटीसँग एकबर्षदेखि प्रेम बसेको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धानकालागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको एएफपीले जानकारी गराएका छ ।