यि कुरा थाहा पाईराख्न अनुरोध गर्छन,बर्दियाली गजलकार बद्रि सुबास

भन्छन–‘मायाले पनि जलाउछ थाहा पाईराख्नु’

गजलकार बद्री सुबास

मायाले पनि जलाउछ थाहा पाईराख्नु
मनले मन गलाउछ थाहा पाईराख्नु ।

जस्ले श्रद्धा साथ सालिक ठड्यायो
उसैले पछि ढलाउछ थाहा पाईराख्नु ।

घात गरेर माया मारेपछि पनि
उसकै माया पलाउछ थाहा पाईराख्नु ।

चिताको नजिक प्रेमिकाको नाम नलिनु
लासको मुटु सल्बलाउछ थाहा पाईराख्नु।।

(बर्दिया भुरिगाँउका बद्री सुबास, साहित्यको गजल विधामा कलम चलाउने गर्दछन । हरपल नेपाल डटकम लगाएत विभिन्न सञ्चारमाध्यममा उनका दर्जनौ गजलहरु प्रकाशित भएका छन ।)