यो देशमा राष्ट्रिय चरित्र बोकेका राजनीतिक दल छैननः अध्यक्ष डा. लोहनी

‘दलिय स्वार्थले मुलुकको हित गर्दैन’

हरपल नेपाल डटकमद्धारा आयोजित ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै डा. लोहनी -फाईल तस्बिर

काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा सत्ताँ स्वार्थ र चाप्लुसीमा लिप्त पार्टीहरु बाहेक मुलुकको हीत चाहने,राष्ट्रिय चरित्र बोकेका राजनीतिक दलहरु नभएको तर्क गरेका छन ।

कमल थापाले नेतृत्व गरेको राप्रपासँग सम्बन्ध बिच्छेद गरेपछि आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका अध्यक्ष डा. लोहनीले हिजो आफ्नो पार्टी निकटका प्राध्यापकहरुसँगको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा त्यस्तो बताएका हुन ।

अध्यक्ष डा. लोहनीले देशमा राष्ट्रिय चरित्र भएका पार्टीहरु नभएकाले जताँ कतै जनताहरु आन्दोलीत हुन परेको, समस्याहरु थुप्रिएको तर्क गरे । उनले भने–‘हामीले हिमाल पहाड र तराईलाई समेटर, बैलाई लिएर समग्र नेपालको हितमा पार्टीलाई चलाउने घोषणा गरेका छौ । यस अर्थमा हामी अरुभन्दा फरक छौ ।’

तीन दलका नेताहरु सत्ताँ स्वार्थ र चाप्लुसिमा लिप्त भएका कारण देशको विकास हुन नसकेको भन्दै उनले मुलुकमा उनीहरुलाई च्यालेनज दिने र चुनौति मोलेर जनताका एजेण्डा बोक्ने अर्को राजनीतिक शक्ति आफुले नदेखेकाले त्यसको परिपूर्ति गर्नका लागि एकिकृत राप्रपा राष्ट्रवादी जन्मिएको दाबी गरे ।

राजनीतिक दलले आफ्ना एजेण्डालाई सत्ताँमा पुगने सिडि मात्र बनाएको आरोप लगाउँदै उनले भने–‘अहिले चलेका पार्टीहरु राष्ट्रिय हितमा होइन,दलिय स्वार्थ र त्यसका शिर्ष नेताहरुको हितमा चलेका छन । सत्ताँमा पुग्ने सिडिको रुपमा पार्टीलाई प्रयोग हुने गरीएको छ । अहिलेका पार्टीहरुले सत्ताँको लागि राष्ट्रियतालाई समेत बिर्सिएका छन, यसले एक खालको समस्या उत्पन्न गरिरहेको छ । यसैका कारण देशभित्रका र बाहिरका शक्तिहरुले मुलुकमा बिकृति फैलाउने खतराको स्थिती उत्पन्न भएको छ ।’

राजनीतिक दलहरुले देशलाई पराधिनता तिर धकलेको आरोप लगाउदै उनले भने–‘पार्टी भनेको लोकतन्त्रको लागि नभइ नहुने विषय हो । संसारमा त्यस्तो कनै देश छैन जहाँ पार्टी नभएको होस । पार्टीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्दछ, तर जब पार्टीले जनता र राष्टको भावना बोक्दैन र आफ्नो दलको मात्र बिचार बोक्न थाल्छ तब पार्टी चल्न सक्दैन । दलिय स्वार्थमा मात्र पार्टी चल्न सक्दैन । जब देशमा भएका राजनीतिक दलहरुले देशको विकासको नीति निर्माण गर्न सक्दैनन,दलिय स्वार्थमा भाँसिन्छन, जब उनीहरुले देश र जनताको चाहना बुझ्दैनन तब त्यो देश पराधिन हुन पुग्छ । हामीलाई अहिले त्यहि चिन्ता भएको छ ।’

देशमा फैलिएको बिकृति,विसंगति,भष्ट्राचार लगाएत सबै खाले फोहर कुनै बिदेसि आएर सफा नगर्ने भएकाले सबै नेपालीहरु एक भएर देशको राजनीतिक ,सामाजिक,आर्थिक क्षेत्र लगाएतमा देखिएको सबैखाले फोहर सफा गर्नुपर्नेमा उनको विशेष जोड रहेको थियो ।

राष्ट्रिय चरित्र बोकेका दलहरुले मात्र संवृद्ध नेपाल,स्वाबलम्बि नेपालको परिकल्पना पुरा गर्न सक्ने उनको भनाइ रहेको थियो ।