दाइसँग झगडा गरी निस्किएकी युवती मध्यरातमा बसभित्र बलात्कृत

बलात्कार आरोपित सहचालक सागर पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीबाट दाइसँग झगडा गरी डेराबाट निस्किएकी १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ ।

ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।

उनी चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी कञ्चनपुरकी ती युवतीलाई सिन्धुपाल्चोक सिरुवारीका सागरले सोही दिन राति बालकुमारी बसपार्कमा रोकिराखेको बसभित्र बलात्कार गरेको प्रहरीले थिए

घर छाडेर बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले घर पुग्ने बससम्म लगिदिने भन्दै फकाएका थिए ।

त्यसपछि नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । राति साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए ।उनी बा.१ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् ।

मध्यरातमा जबर्जस्ती गरेपछि युवती चिच्याएको र नजिकका मान्छे जम्मा भएपछि सागर फरार भएको पाइएको ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भने।