नेपालमा पहिलोपटक आर्थिक गणना हुँदै

एक करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । नेपालमा पहिलोपटक आर्थिक गणनाको सुरुवात भएको छ । तथ्यांक विभागले शनिबारबाट सबै जिल्लामा एकैसाथ हुने जनाएको छ ।

यसका लागि विभागले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिलेसम्म प्रश्नावली तयार, प्रश्नावलीको परीक्षण गर्ने काम सकिएको छ।

पहिलो चरणमा परीक्षणका रुपमा पाइलटिङ कार्यक्रमअन्तर्गत आर्थिक गणना गरिने र २०७५ वैशाख १८ गतेदेखि आर्थिक गणनालाई तीव्ररुपमा अघि बढाइने विभागका निर्देशक अनिल शर्माले जानकारी दिए ।

आर्थिक कारोबार गर्ने व्यक्तिहरुको जनसंख्यालाई आधिकारिक तुल्याउन नेपालमा पहिलोपटक आर्थिक गणना गर्न लागिएको हो ।

विभागका अनुसार, आफ्नो मातहतका ३३ वटा कार्यालय रहेको र ६६ वटा जिल्लामा ६ हजार ६ सय जनाको स्पाम्पलिङकमा रुपमा गणना गरिनेछ । आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।