अर्याललाई आइजिपीमा नियुक्ति गर्ने सहमति

काठमाडौं । नेपाल सरकारको प्रहरी प्रमुख मानिरीक्षक (आइजिपी)मा डिआइजी प्रकाशचन्द्र अर्याललाई बनाउन सत्तासिन घटकबीच सहमति भएको छ ।

स्रोतका अनुसार आइजिपी चयनको विषयमा सत्तारुढदलहरु नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो ।

वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।