चौहत्तर सालमा देशभरी एमाले उदाउँछ: अध्यक्ष ओली

एमाले र मधेशको साइनो गाढा भएको दावी

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौहत्तर सालमा देशभरी एमाले उदाउने बताएका छन । उनले एमाले र मधेशबीच सम्बन्ध गाढा भएको समेत दावी गरेका छन ।

आज काठमाडौमा आयोजित राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसको कार्यक्रममा ओलीले त्यसतो बताएका हुन ।

ओलीले उक्त कार्यक्रम मार्फत आफूले मधेशीलाई विहार जाउ नभनेको र मधेसी जनतालाई आफु सधैँ सम्मान गर्ने समेत बताए ।
उनले एमाले गणतन्त्र, धर्म निरपेक्षता मान्ने पार्टी भएपछि सबै दल तर्सिएर एमालेको खेदो खन्ने गरेको आरोप समेत लगाए ।

आफूलाई मधेसका मसिहा ठान्ने दलका केही नेताका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाएका छन् । ओलीले मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरिरहेको दाबी गरे ।