नेपाल राष्ट्र बैंकले बैंक सञ्चालकलाई पढाउने

विकासमा केन्द्रित हुन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको पैसा सञ्चालकले सबै आफ्नो जस्तै ठान्ने प्रवृत्ति रोक्न सञ्चालकलाई पढाउनका लागी आवश्यक पाठ्यक्रम समेत बैंकले तयार पारेको छ ।

राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले शुक्रबार काठमाडौंमा जनता बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चालकलाई पनि पढाउन लागेको जानकारी दिएका हुन् ।

गभर्नरले भने–‘सञ्चालकहरुले पनि पढ्न पर्ने भएको , बैंकमा भएको पैंसा सबै आफ्नै हो भन्ने सोच छ, यसलाई सच्याउन जरुरी छ यसैका लागि नै पाठ्यक्रम तयार पार्न लागेका हौ ।’

बैंकहरुले नाफामा होइन बिकासमा केन्द्रित भइ, नीतिगत परिवर्तनको तयारी गरे पश्चात ६ महिनाभित्र देशमा समस्याग्रस्त बैंक नहुने उनको भनाइ छ