स्थानीय निर्वाचन बैशाख ३१ गते नै हुन्छः काँग्रेस सभापति देउवा

संशोधन प्रस्ताव परिमार्जनसहित अगाडि बढाउनु पर्ने

काठमाडौं । आज विहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा परिमार्जन गरी अगाडि बढाउनुपर्ने निर्णय गरेको छ ।

उक्त बैठकले स्थानीय निर्वाचन बैशाख ३१ गते नै हुनका लागी मधेसी मोर्चालाई पनि सहमतिमा लिएर जानुपर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निवार्चन हुने र कुनै शंका नगरी निर्वाचनको तयारी गर्नु पर्ने बताएका छन । संशोधन प्रस्ताव परिमार्जनसहित अगाडि बढाउनु पर्ने उक्त बैठकले निर्णय गरेको छ ।