अछाममा बाक्लो असिना पानीः केहीबेर फोन सेवा समेत अबरुद्ध

बालीमा नोक्सानी भएको भन्दै कृषकहरु चिन्तामा

अछाम । आज बिहान अछाम लगाएत सुदुपश्चिमका केही क्षेत्रमा परेको आसिना पानीले जनजीवनमा प्रभाव पारेको छ । अछामका मंगलसैन, कमल बजार, साँफेबगर, बिनायक लगाएतका बजार क्षेत्रमा समेत असिना पानीले प्रभाव पारेको छ ।

असिना पानीका कारण त्यहाँ मोबाईल फोनमा समेत सम्पर्क हुन सकेको छैन । स्थानीयहरुले मोबाईल सेवाबाट बञ्चीत हुन परेको बताएका छन । तर टेलिकमले भने सेवा सञ्चालनमा आउने बताएको छ ।

स्थानीयवासीहरु असिनापानीका कारण आफ्नो खेतीमा नोक्सानी पुगेको भन्दै चिन्ता गरिरहेका छन । हरपल नेपालसँग कुरा गर्दै अछाम कमलबजार नगरपालिका  वाड नम्बर ६ स्याँउलेका झनक ढकालले भने–‘ असिना पानीले स्थानीयवासीहरु डराएका छन । प्राय सबैको खेतीबालीमा क्षेती पुगेको छ । स्थानीयहरुको बालीमा नोक्सानी भएकाले अत्न्त चिन्तामा रहेका छन ।’

त्स्तै अछामका कमलबजार नगरपालिका  वाड नम्बर ६ स्याँउलेका अर्का स्थानीयवासी नमराज ढकालले भने–‘धेरै पछि यस्तो खतरा असिना पानीको महसूस भयो । पानीका कारण केही परसम्मको दृष्य समेत देख्न सकिएको थिएन । बाटोमा यात्रा गरिरहेका मानिसहरु समेत त्रसित भए । अहिले भने पानी रोकिएको छ । तर खेतीबालीमा ठूलो नोक्सानी भएको भन्दै स्थानीयहरु पिरलो गरिरहेका छन ।’

स्थानीयवासीका अनुसार त्यो क्षेत्रमा आज बिहान ७ः४५ बजेतिर बाक्लो असिना पानी परेको थियो । असिना पानीका कारण गहुँ,मँसुरो लगाएतका बाँलीमा असर परेको छ । आफ्नो एक बर्षभरी आन पुग्ने बाली नष्ट भएको भन्दै कृषकहरु शोकमा रहेका छन ।