माग सम्बोधन नभए मोर्चा निर्वाचनमा सहभागी हुँदैनः ठाकुर

पर्सा । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाएका छन ।

तमलोपाले हिजो पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उनले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट राजनीतिक समस्याको समाधान खोजेको दाबी गरे ।

अध्यक्ष ठाकुरले संविधान संशोधन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःसंरचनालगायत माग सम्बोधन नभएसम्म मोर्चा कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट पारे । रासस