बेलायती सेनामा कार्यरत गोर्खालीमाथिको समस्या नेपालको राष्ट्रियतासँग जोडिएको छः निर्देशक राई (भिडियोसहित)

‘माग पुरा नगरे बेलायतका २० शहरमा र्याली निकाल्ने चेतावनी’

बेलायत । विगत २०० वर्षदेखि बेलायती सेनामा कार्यरत गोरखालीहरुलाई असमान र विभेदपुर्ण रुपमा तलब, पेन्सन र अन्य सेवा सुविधाहरुमा शोषाण र अन्याय गरेको भन्दै झण्डै अड़ाई दशाकदेखि आन्दोलनरत संस्था गेसो र सत्यग्रह संघर्ष समितिबीच एकता भएपछि आन्दोलन अझै सशक्त हुने ती निकायको दाबी रहेको छ ।

उक्त विषयमा आन्दोलनरत संयुक्त सत्यग्रह संघर्ष समितिका अभियान्त तथा निर्देशक ज्ञानराज राईले भुपू बेलायति गोरखाली सेनाले भोगिरहेको उक्त समस्या नेपालको राष्ट्रियतासँग जोडिएको बताएका छन।

भुपु गोरखालीहरुको बाक्लो बसोबास भएको बेलायतको रीडिङग् सहरमा ६ अप्रिलमा सम्पन्न एक विषेश कार्यक्रमा बोल्दै (भिडियोमा) संयुक्त सत्यग्रह संघर्ष समितिका अभियान्त तथा निर्देशक ज्ञानराज राईले भुपु गोरखालीहरुले कार्यगत एकताको प्रशांस सहित त्यस्तो बताएका हुन ।

उनले बेलायतमा भुपु गोर्खालीहरुले भोगिरहेको समस्या र हेपाईको डटेर सर्घर्ष गरिने भन्दै गोरखा समस्य नेपालको रास्ट्रियतासँग जोडिए र त्यो नेपालको पनि समस्य भएको जीकिर गरेका छन ।

अभियन्ता राईले भने–‘यदि छिटो भन्दा छिटो समस्यको सही समधान नभएमा, बेलायत सरकारले समस्याको समधान खोजि नगरेमा, वा हाम्रा मागमा कदमकदाचित तलमाथि भयो भने, बेलायतको २० वटा शहरमा प्ले कार्ड तथा ब्यानर लिएर पुर्न सडकमा निस्कीन बाध्य हुनेछौ र त्यो र्यालीले बेलायत सरकार हामीसँग झुक्नुको अर्को विकल्प हुँदैन।’

उनले कार्यगत एकतापछि आफु खुशी भएको भन्दै भने–‘अब टुप्पी ठाडो गरेर हिड्नु पर्ने हुन्छ । यदि कार्यगत एकताको बिचमा मबाट कुनै पनि प्रकारको फट्याई वा भाँजो हाल्ने काम हुने छैन । हामीले जसरी हुन्छ आफ्ना मागहरु पुरा गराउनु पर्दछ ।’

उनले आफुले एकतापछि आन्दोलन अझ सशक्त बनाउन सकिने विश्वास ब्यक्त गर्दै आफुले कुनै बेइमानी गरेमा मोसो दल्नु भन्ने सम्मको अभिव्यक्ति समेत दिएका छन ।

आफुलाई प्रजातन्त्रको जननी राष्ट्र मान्ने अनि कहिल्यै सुर्य अस्त नहुने मुलुकको रुपमा चिनाउँदै आएको बेलायतले विगत २०० वर्षदेखि बेलायती सेनामा कार्यरत गोरखालीहरुलाई असमान र विभेदपुर्ण रुपमा तलब, पेन्सन र अन्य सेवा सुविधाहरुमा गरिदै आएको शोषाण र अन्याय विरुद्द गएको झण्डै अड़ाई दशाकदेखि गेसोले शुरुवात गरेको आन्दोलन अनि केहि वर्ष यता सत्यग्रह संघर्ष समितिको आक्रमक गतिविधीले गर्दा अन्तत गएको मार्च २९ मा बेलायत सरकार, नेपाल सरकार तथा आन्दोलनरत संगठनहरुबीच वार्ता सम्पन्न भई भुपु गोरखालीहरुको समस्य समाधानको खातिर एउटा उच्च स्तरिय प्राविधीक समिति बनाउने निर्णय भएको छ।

स्मणिय कुरा, केहि समय देखि एउटै साझा मुद्दा र उदेस्य लिएर फरक फरक संस्थाबाट आवज उठाई रहेका सत्यग्रह र गेसोको ऐतिहासिक कार्यगत एकता र भविष्यलाई अझै प्रगाढ र सत प्रतिशत सफल्तातिर उन्मुख गर्न र गराउनको निम्ति नेपालबाट अल पार्टी पार्लियामेन्ट ग्रुप नेपालको तर्फबाट एमालेका माननिय सभासदहरु जयान्तिकला राई र यज्ञाराज सुनुवार त्यसैगरि मालेबाट आइन्द्र कुमार सुनुवार, एमाओवादीकी केसरी घर्तीमगर तथा नेपाली काँग्रेसका दीलमान पाख्रिनले बेलायतका बिभिन्न सहरहरुमा अन्तरक्रिया कार्यक्रममा सहभागी भए ।

LOADING...