चुनावी एजेण्डा बनाउन कांग्रेसले संयुक्त बैठक बोलायो

मन्त्रीपरिषद्को वरियता र आईजीपी नियुक्तिबारे पनि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले चुनावको मिति नजिकीएपछि आज आफ्ना एजेण्डाहरु तयारको विषयमा छलफल गर्नका लागि बैठक बोलाएको छ ।

केन्द्रीय समिति र संसदीय दलका सबै नेताहरुको उपस्थिती हुने उक्त सयुक्त बैठकमा चुनावको लागि एजेण्डा,तयारी, तथा मन्त्रपिरिषद्को वरियता विावद र आईजीपी नियुक्तिको विषयमा समेत छलफल हुने बतायएको छ ।

बैठक अहिले बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने नेपाली काँग्रेस संसदीय दलले हरपल नेपाललार्य बताएको छ ।

यसअघि कांग्रेस नेता महेश आचार्यको संयोजकत्वमा गठन भएको निर्वाचन घोषणा तयारी समितिले विभिन्न क्षेत्रका विज्ञ, पूर्वपदाधिकारी, जिल्लाका नेता, पेसागत सङ्घ संंस्थाका प्रतिनिधि, बुद्धिजीवीसँगको छलफलबाट आएका राय सुझावहरू समेत समेटेर तयार पारेको चुनावी घोषणा पत्रको मस्यौदाको विषयमा बैठक केन्द्रीत रहने जनाइएको छ ।

त्यसैगरी निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको मस्यौदा माथि बैठकमा छलफल गरेर परिमार्जन सहित त्यसलार्य पूर्णता दिइने बताइएको छ ।

आज बस्न लागेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिले हालसम्म गरेको कार्य प्रगतिबारे पनि समीक्षा,छलफल र आगामी कार्यनीतिको सवालमा छलफल हुने बताइएको छ ।

लामो समयदेखि विवादीत मन्त्रिपरिषदको बरियता क्रमको विषयमा समेत बैठकमा छलफल हुने भनिएको छ । त्यसैगरी आईजीपी नियुक्तिका विषयमा पनि छलफल आन्तरिक छलफल हुने छ ।