मेलम्ची खानेपानी अवैज्ञानिक भएको सरोकारवालाको दावी

काठमाडौं । हाल उपत्यकामा मेलम्ची खानेपानी आयोजनाले पाइप गाड्न सुरु गरेको काम अवैज्ञानिक रहेको सरोकारवालाले बताएका छन् ।

आयोजनाले मूल सडकका बीच भागमै पाइप गाडेकाले अवैज्ञानिक भन्न थालिएको हो ।उपत्यकामा मेट्रो वा स्काई रेलको अवधारणा अगाडि आइरहेका बेला मेलम्चीले सडकको बीच भागमै पाइप गाडेकाले त्यसले अवरोध ल्याउने बुझाइ सरकारको छ ।

स्रोतका अनुसार स्काई वा मेट्रो रेल सञ्चालन गर्नुपरेमा सडकको बीच भागमै पिलर राख्नुपर्ने भएकाले मेलम्ची खानेपानी आयोजनाको पाइप बाधक बन्ने ठहर सडक विभागको छ ।यो खबर आजको अन्नपूर्णमा प्रकाशित छ ।