मन्त्रिपरिषदबाट निधि बाहिरिएपछि गोपालमान गृहमन्त्री बन्ने

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले निधिको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी गरेका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी गरेका हुन् ।

निधिले बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने फैसला सुनाएका थिए ।

तर, निधिसँगको बैठकमा सामेल पार्टी सभापति शेरबहादुर देउवा र मन्त्रीहरुले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।