पोखरामा बिषालु च्याउ खाएर एकै परिवारका ३ को मृत्यु
एकको उपचार हुँदै
प्रकासित मिति : २०७३ चैत्र २४, बिहीबार
प्रकासित समय : १८:१४
पोखरा । जङगलको बिषालु च्याउ खाएपछि उपचारको क्रममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारले जङगलको बिषालु च्याउ खाएपछि बिरामी हुँदा ६० बर्षीया माइली तामाङ, उनकी १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा सोनम मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीका अनुसार माइली र मनमायाको उपचारको क्रममा हिजो साँझमृत्यु भएकोहो भने सोनमको आज मृत्यु भएको हो ।
खत्रीका अनुसार १२ बर्षीय आयुष मगरको भने कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।