माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक
प्रधानमन्त्री चीन भ्रमणका बिषयमा छलफल
प्रकासित मिति : २०७३ चैत्र २४, बिहीबार
प्रकासित समय : १७:३७
काठमाडौं । आज दिउसो बालुवाटारमा प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु भएको छ ।
उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डले देशको पछिल्लो राजनीतिक घटनाक्रमका साथै स्थानीय तहको चुनावमा पार्टीले खेल्नुपर्ने भुमिका, मधेशी मोर्चासँग सहमतिका लागि भइरहेको प्रयासका साथै प्रधानमन्त्रीको चीन भ्रमण लगायतका बिषयमा जानकारी गराएका छन ।